Section 13
परिषद्को कोष

(१) परिषद्को आफ्नो एउटा छुट्टै कोष हुनेछ ।

(२) परिषद्को कोषमा देहायका रकमहरू रहनेछन्ः–

(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,

(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त हुने अनुदान रकम,

(ग) परामर्श सेवा वा अनुसन्धान कार्य गरे गराए बापत प्राप्त हुने रकम,

(घ) अन्य श्रोतबाट प्राप्त रकम ।

(३) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरूबाट अनुदान लिंदा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(४) परिषद्लाई प्राप्त सबै रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(५) परिषद्द्वारा गर्नु पर्ने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।